Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कर्णालीका मुख्य राजमार्गहरू अबरूद्ध

कर्णालीका मुख्य राजमार्गहरू अबरूद्ध

  • 347
    SHARES
  • कर्णालीका मुख्य राजमार्गहरू अबरूद्ध

    काठमाडौं । बुधबारदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका मुख्य राजमार्गहरू अवरूद्ध भएका छन् । प्रदेशका विभिन्न राजमार्गअन्तर्गत लगभग २० ठाउँमा बाढी र पहिरो जाँदा सडक अवरूद्ध भएको हो ।

    प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठका अनुसार कर्णाली राजमार्ग मात्रै १० ठाउँमा अवरूद्ध भएको छ ।

    कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिका-८ बादुका, दुल्लु नगरपालिका-२ को बरबारेभिर, कालीकोटको तिलागुफा नगरपालिका-१ को गाडगोडेनी र बालुवा, वडानम्बर-३ को राँचुली, वडानम्बर-५ को धनडाँ, खाँडचक्र नगरपालिका वडानम्बर १ को सुनारखोला, वडानम्बर-२ को ज्यानमाराभिर र वडानम्बर-३ को खरिखोलामा पहिरो जाँदा सडक अवरूद्ध भएको छ ।

    त्यस्तै छिन्चु-जाजरकोट सडक खण्डअन्तर्गत सुर्खेतको गुर्भाकोट-९ को पोखरे, सुर्खेतकै सिम्ता गाउँपालिका-४ को बालिखोला र जाजरकोटको भेरी नगरपालिका-१० को कालाभुरमा पहिरोले सडक अवरूद्ध भएको छ ।

    रातानाङ्ला-धरमपोखरा सडक खण्डको वीरेन्द्रनगर-१३ को राउते गल्छी, सुर्खेत-दैलेख सडक खण्डअन्तर्गत गुराँस गाउँपालिकाको रातिखोला र चोचेखोलामा पनि सडक अबरूद्ध छ ।

    यसैगरी बोटेचौर-दाङ सडक खण्डअन्तर्गत गुर्भाकोट नगरपालिका-१ को काल्चे, बोटेचौर सल्यान सडक खण्डको गुर्भाकोट-३ को भुजेल र राप्ती राजमार्गअन्तर्गत रूकुमपश्चिमको त्रिवेणी गाउँपालिका-३ को खारानेटामा पनि सडकअवरूद्ध भएको प्रवक्ता श्रेष्ठले बताए ।

    उनले भने, ‘अवरूद्ध सडक खुलाउन प्रहरी, स्थानीय र जनप्रतिनिधि सक्रिय हुनुहुन्छ । यद्यपी पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या भएको छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij