Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

स्वेज नहर फराकिलो बनाउने तयारीमा इजिप्ट 

स्वेज नहर फराकिलो बनाउने तयारीमा इजिप्ट 

  • 975
    SHARES
  • स्वेज नहर फराकिलो बनाउने तयारीमा इजिप्ट 

    कायरो । इजिप्टले स्वेज नहरको दक्षिणी भागलाई अझ फराकिलो र गहिरो बनाउने योजना अगाडि सारेको छ । गत मार्चमा यस नहरमा एउटा विशाल कार्गो पानीजहाज नहरमा तेर्सिएपछि केही दिन यस नहरबाट हुने जहाजको ओहोरदोहोर रोकिएको थियो ।

    images

    स्वेज नहर प्राधिकरणका प्रमुख लेफ्टिनेन्ट जनरल ओसामा राबीले इस्मालिया सहरमा आयोजित समारोहमा सम्बोधन गर्दै योजनाको विस्तृत विवरण प्रस्तुत गरेका छन् । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र सरकारका उच्च पदाधिकारी उक्त समारोहमा सहभागी भएका थिए । 

    जनरल राबीका अनुसार नहरको दक्षिणतर्फ करिब ४० मिटर फराकिलो बनाइने छ । यस क्षेत्रलाई हाल ६६ फिट गहिराईलाई बढाएर ७२ फिट बनाइने छ । त्यस क्षेत्रमा नहरको कूल लम्बाई ३० किलोमिटर रहेको छ । 

    साथै प्रस्तावित योजनामा सन् २०१५ मा खुला गरिएको नहरको दोस्रो लेनको विस्तार पनि रहेको छ । यसबाट बढीभन्दा बढी जहाजहरु ओहोरदोहोर गर्न सक्नेछन् । 

    गत मार्च २३ मा नहरमा अड्किएको एभर गिभेन नामको कार्गो पानीजहाज यही एकल लेनमा फसेको थियो । यस पानीजहाजलाई अझै पनि स्वेज क्यानल अथोरिटी र जहाज धनीबीच आर्थिक विषयमा उत्पन्न विवादका कारण ग्रेट बिटर लेकमै राखिएको छ । 

    विश्व व्यापारको करिब १० प्रतिशत सामान यही नहर हुँदै ओहोरदोहोर गर्ने गर्दछ । यो नहर इजिप्टका लागि एउटा प्रमुख वैदेशिक मुद्रा आर्जनको स्रोत बनेको छ । सरकारी विवरण अनुसार गत वर्ष सन् २०२० मा यस नहरहुँदै करिब १९ हजार जहाज ओहोरदोहोर गरेका थिए ।

    स्वेज नहरमा फसेको जहाज सतहमा निकालियो  स्वेज नहरमा फसेको जहाज सतहमा निकालियो  इजिप्टको स्वेज नहरमा विशाल पानीजहाज फसेपछि जलमार्गमा जाम  इजिप्टको स्वेज नहरमा विशाल पानीजहाज फसेपछि जलमार्गमा जाम 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology