वेबटिभी खबर
जाजरकोट । अविरल वर्षासँगै जाजरकोट सदरमुकामदेखि सबै पालिकामा सञ्चार सेवा अवरूद्ध भएको छ । सोलार सिस्टममा घाम नलाग्दा यहाँका टेलिफोन टावरले काम नगरेका हुन् ।
सदरमुकाममा समेत तीन दिनदेखि विद्युत् सेवा अवरूद्ध हुँदा फोन सेवा अवरूद्ध भएको छ । जिल्लाका सातै पालिकामाका साथै छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिममा समेत सञ्चार सेवा अवरूद्ध भएको हो ।
विद्युत् नहुँदा जिल्लाका रेडियोहरूसमेत बन्द भएका छन् । वर्षा निरन्तर भइरहेकाले विद्युत्, सञ्चार सबै सेवा ठप्प भएको छ । ग्रामीण सडकसमेत पूर्ण रुपमा ठप्प भएका छन् ।
जाजरकोट-डोल्पा सडक खण्डको खलंगादेखि नलगाड दल्लीसम्म मात्र यातायात सेवा सञ्चालन भएका छन् । नलगाड बारेकोट सडकसमेत ठाउँ-ठाउँमा भत्किएका कारण यातायात सेवा अवरूद्ध भएको हो ।
पश्चिम जाजरकोट, रुकुम पश्चिमका ग्रामीण सडकसमेत अवरूद्ध भएको बताएको छ । विद्युत् सेवा मर्मत गर्नका लागि पानी निरन्तर परेका कारण समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
आज प्रदेशसभा र प्रतिनिधिसभा तर्फको मनोनयन दर्ता गर्ने दिनभकाले नेता तथा कार्यकर्ताहरूसँग सम्पर्क नहुँदा उम्मेदवारलाई हैरान भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij