Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कमल थापालाई उम्मेदवार बनाएपछि तालाबन्दी

कमल थापालाई उम्मेदवार बनाएपछि तालाबन्दी

  • 344
    SHARES
  • कमल थापालाई उम्मेदवार बनाएपछि तालाबन्दी

    मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई समर्थन गरेको भन्दै नेकपा एमालेका कार्यकर्ताले जिल्लास्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

    थापालाई समर्थन गरेको विरोधमा पार्टीको जिल्लास्थित नेतृत्व मौन बसेको भन्दै रुष्ट भएका कार्यकर्ताले हेटौंडा–५ स्थित सानोपोखरामा रहेको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

    उनीहरूले थापालाई सहयोग गरेर केन्द्रियता हावी भएको र पार्टी कार्यकर्तामाथि अन्याय भएको आरोप नेतृत्वमाथि लगाएका छन् ।

    थापाले मकवानपुर क्षेत्र नम्बर–१ बाट एमालेको चुनाव चिह्नबाट उम्मेदवार उठ्दै छन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij