Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

जनमोर्चाका अर्का सांसद पनि तटस्थ, सरकार गठनमा विपक्षीको दाबी अपूर्ण 

जनमोर्चाका अर्का सांसद पनि तटस्थ, सरकार गठनमा विपक्षीको दाबी अपूर्ण 

  • 888
    SHARES
  • जनमोर्चाका अर्का सांसद पनि तटस्थ, सरकार गठनमा विपक्षीको दाबी अपूर्ण 

    काठमाडौं । विपक्षी दलहरुले नयाँ सरकार गठनको तयारी गरिरहेको गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका बहुमत सांसदले कुनै गठबन्धनमा नरहेको प्रष्टीकरण दिएपछि विपक्षी दलहरुले गरेको बहुमत दाबी अपूर्ण बनेको छ । 

    images

    विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र राजमोले बहुमत दाबी गर्दै मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई उठाएका थिए ।

    तर जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले आफू तटस्थ रहेको जनाएका छन् । यसअघि जनमोर्चा गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णबहादुर थापले पनि आफू तटस्थ रहेको बताएका छन् । 

    राजमोका दुई सांसदले आफूहरु तटस्थ रहेको जानकारी गराएपछि विपक्षीहरु नयाँ सरकार गठनमा असफल देखिएका छन् ।

    ggg.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology