Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

पोर्चुगलमा एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा एक नेपाली युवाको मृत्यु

  • 368
    SHARES
  • पोर्चुगलमा एक नेपाली युवाको मृत्यु

    काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल गएका एक नेपाली युवाको मृत्यु भएको छ ।

    विगत छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रूपन्देही जिल्ला तिलोत्तमा नगरपालिका-१, शंकरनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयाघातका कारण मृत्यु भएको हो ।

    सिन्धौलीको बिहीबार पेगोईसस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा उनको मृत्यु भएको मृतकका भाइ सुरज सिन्धौलीले बताए । सँगै सुतेका साथीले बिहान काममा जाने बेलामा उठाउन जाँदा नउठेपछि आफूलाई खबर आएको र तत्काल दाजुको कोठामा पूग्दा दाजु मृत अवस्थामा भेटिएको उनको भनाइ छ ।

    मृतक सिन्धौली पेगोईसस्थित एक कृषि कम्पनीमा कार्यरत थिए । सिन्धौलीको वृद्ध बुबाआमा, श्रीमती, एक छोरा र एक छोरी नेपालमा छन् । उनको शव बराईरो अस्पतालको शव गृहमा राखिएको छ ।

    परिवारको आग्रहमा सिन्धौलीको शव नेपाल पठाउने तयारी भइरहेको र सो प्रक्रियाका लागि आर्थिक संकलन सुरु गरिएको गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij