Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

गोरखामा बाबुराम–प्रचण्ड–नारायणकाजी : एउटै पाइला, एउटै लक्ष्य

गोरखामा बाबुराम–प्रचण्ड–नारायणकाजी : एउटै पाइला, एउटै लक्ष्य

  • 406
    SHARES
  • गोरखामा बाबुराम–प्रचण्ड–नारायणकाजी :  एउटै पाइला, एउटै लक्ष्य

    काठमाडौं । कुनै बेला एउटै पार्टीमा रहेर राजनीति गरेका नेताहरू हुन् डा.बाबुराम भट्टराई, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ । 

    समय र परिस्थितिले बाबुराम र प्रचण्ड अलग–अलग भए । किन अलग भए र अहिले किन एकै ठाउँमा मात्र होइन एउटै पाइला चालिरहेका छन् त्यो बसहको विषय होला । 

    यतिखेर भने बाबुराम–प्रचण्ड–नारायणकाजीको मिलनले कार्यकर्तालाई खुसी मात्र हाेइन आशा र भरोसासमेत दिएको छ । 

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराईले आफ्नै निर्वाचन क्षेत्रमा चुनाव लड्न आग्रह गरे र आज आइतबार प्रचण्डले उम्मेदवारी दर्ता गराए । 

    आइतबार बिहानै उनीहरू गोरखातर्फ लागेका थिए । दश वर्षे शसस्त्र जनयुद्धको उद्गम थलो गोरखाबाट चुनाव लड्न पाउनुलाई प्रचण्डले पनि गौरवपूर्ण ठानेका छन् । 

    गोरखा–२ निर्वाचन क्षेत्रबाट डा.भट्टराईले लगातार ३ पटकसम्म चुनाव जित्दै आएका थिए । यसपटक भने प्रचण्डका लागि त्याग गरे । 

    नेतात्रयको गोरखामा देखिएको पाइलाले गोरखाको समृद्धि मात्र नभई मुलुककै विकासमा महत्त्वपूर्ण योगदान गर्नेछन् भन्ने गोरखावासीको उत्कट चाहना छ ।

    असल नेतृत्वलाई चुनाव जिताएर गाेरखालाई विकासकाे माेडेल बनाउने लक्ष्य रहेकाे नेताहरूकाे भनाइ छ ।

     

    gorkha mao.jpg
    gorkhaaa.jpg
     
    g prachda.jpg
     

    prachanda.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij