Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

२५ जना मात्र मलामी जान मन्त्रालयकाे आग्रह   

२५ जना मात्र मलामी जान मन्त्रालयकाे आग्रह   

  • 836
    SHARES
  • २५ जना मात्र मलामी जान मन्त्रालयकाे आग्रह   

    काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टि गर्दा परिवार वा समुदायका २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सूचना जारी गर्दै कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको शवको व्यवस्थापन वा अन्त्येष्टि गर्दा आफ्नो परम्परा र संस्कृतिअनुसार जनस्वास्थ्यका मापदण्ड पालना गरि व्यवस्थापन गर्न आग्रह गरेको छ ।
     
    मन्त्रालयले कोरोना संक्रमणको कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन आफन्तले गर्न नसक्ने अवस्थामा शव व्यवस्थापन संक्षिप्त कार्यविधि, २०७६ अनुसार नेपाली सेनाले व्यवस्था गर्ने जनाएको छ ।

    शव व्यवस्थापनको लागि सहजिकरण  र  समयमै आवश्यक समन्वय गर्न मन्त्रालयले कोभिड अस्पतालहरुलाई पनि पत्राचार गरेको छ । यसकासाथै अस्पताललाई २४ घण्टा मर्चरी (शव चिसो बनाउने) खुल्ला राख्न र मृतकको आफन्तलाई स्थान विशेषमा रहन वा राख्न पहल गर्न समेत सूचनामा उल्लेख छ । 

    hm..jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology