वेबटिभी खबर
रुपन्देही । वाम नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । शनिवार एमाले परित्याग गरेको घोषणा गरेका भुसालले निर्वाचन अधिकृतको कार्यालय देवदह सितलनगर पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । उनलाई सत्तारुढ गठबन्धनले सघाउने बताएको छ ।
यो क्षेत्रमा गठबन्धनले प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएको छैन । भुसालले आइतवार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गरी आफूले स्वतन्त्र उम्मेदवारी दिने र त्यसलाई गठबन्धन सघाउने माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रतिबद्धता जनाइसकेको बताएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij