Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

नेशनल लाइफ इन्स्योरेन्सले ९ महिनामा ८ अर्ब कमायो

नेशनल लाइफ इन्स्योरेन्सले ९ महिनामा ८ अर्ब कमायो

  • 567
    SHARES
  • नेशनल लाइफ इन्स्योरेन्सले ९ महिनामा ८ अर्ब कमायो

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको  माघ-फागुन-चैतसम्ममा ८ अर्ब ६९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

    images

    गत आर्थिक वर्षको तुलनामा ५३.६८ प्रतिशतले बढेको हो । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ अर्ब ६५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीको खुद नाफामा सामान्य वृद्धि भएको छ । गत आवको चैत मसान्तसम्ममा ३१ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

    हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा कम्पनीको जीवनबीमा कोषमा ४० अर्ब २१ करोड रुपैयाँ, जगेडा कोषमा ८१ करोड १७ लाख रुपैयाँ र महाविपत्ती कोषमा २९ करोड रुपैयाँ सञ्चित रहेको छ ।

    समीक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२.३८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९१.०१ गुणा रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology