वेबटिभी खबर
काठमाडौं । आगामी आमनिर्वाचनमा सबैभन्दा धेरै म्यादी प्रहरी मोरङ, झापा र धनुषा जिल्लामा परिचालन हुने भएको छ । मतदानस्थलको संख्या र सुरक्षा चुनौतीका आधारमा तीन जिल्लामा धेरै म्यादी खटाउने निर्णय गरिएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै म्यादीको कोटा मोरङका लागि तोकिएको छ, जहाँ तीन हजार ६ सय १६ जना खटिनेछन् । दोस्रोमा झापामा तीन हजार चार सय ९० र तेस्रोमा धनुषामा तीन हजार चार सय ८४ म्यादी खटिनेछन् । सर्लाहीमा तीन हजार तीन सय सात, काठमाडौंमा तीन हजार दुई सय ८९ र सप्तरीमा तीन हजार दुई सय ७८ म्यादीको संख्या तोकिएको छ ।
प्रदेशअन्तर्गत सबैभन्दा धेरै म्यादी मधेसमा खटिनेछन् । मधेसका आठ जिल्लामा २३ हजार सात सय ७१ म्यादी परिचालन हुने भएका छन् । प्रदेश १ मा १९ हजार नौ सय ५५ म्यादीको कोटा तय भएको छ ।
निर्वाचनमा प्रहरीलाई सहयोग गर्न एक लाख १५ हजार म्यादी भर्ना गरिँदै छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij