Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

भेनेजुएलामा पहिरो : २२ जनाको मृत्यु, ५० बेपत्ता

भेनेजुएलामा पहिरो : २२ जनाको मृत्यु, ५० बेपत्ता

  • 335
    SHARES
  • भेनेजुएलामा पहिरो : २२ जनाको मृत्यु, ५० बेपत्ता

    एजेन्सी, काराकस । मध्य भेनेजुएलामा पहिरोमा परेर कम्तीमा २२ जनाको ज्यान गएको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । देशमा भारी वर्षापछि एउटा नदीको प्रवाह बढ्दा देशमा पछिल्लो विपत्ति परेको अधिकारीहरूले बताएका छन् ।

    ऐतिहासिक रूपमा उच्च वर्षाको परिणाम स्वरूप संकटग्रस्त दक्षिण अमेरिकी राष्ट्रमा हालैका महिनाहरूमा दर्जनौं व्यक्तिको मृत्यु भएको छ । 

    हामीले यहाँ धेरै ठूलो मानवीय क्षति देखिरहेका छौँ । अहिलेसम्म हामीले २२ जनाको मृत्यु भएको फेला पारेका छौं । त्यहाँ ५२ जनाभन्दा बढी व्यक्ति बेपत्ता छन्’, उपराष्ट्रपति डेल्सी रोड्रिगेजले भने ।

    बाढील दर्जनौँ घर तथा व्यवसाय ध्वस्त भएका छन  भने रुख, माटो र भग्नावशेषले सडक ढाकिएको छ । करिब एक हजार मानिस उद्धार कार्यमा सामेल भएका आन्तरिक र न्याय मन्त्री रेमिगियो सेबालोसले जानकारी दिए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij