Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • 328
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं । बाराको महागढीमाई नगरपालिका-७ बरियारपुर चोकमा आइतबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ४४ वर्षीया रामदुलारी साह रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा न्युरो अस्पताल परवानीपुर नौतनमा मृत्यु भएको हो ।

    मौलापुरबाट तेलकुवातर्फ आउँदै गरेको अल्फाबेट नखुलेको ८५०७ नम्बरको मोटरसाइकल हिजो बेलुका करिब ८ बजे अनियन्त्रित भई पल्टिएको थियो ।

    मोटरसाइकल चालकलाई प्रहरी चौकी तेलकुवा बाराले नियन्त्रणमा लिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij