Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

अक्सिजन प्लान्ट स्थापना गर्न बैंकर्स संघको पहल  

अक्सिजन प्लान्ट स्थापना गर्न बैंकर्स संघको पहल  

  • 729
    SHARES
  • अक्सिजन प्लान्ट स्थापना गर्न बैंकर्स संघको पहल  

    काठमाडौं । बैंकर्स संघले अक्सिजन प्लान्ट खोल्ने पहल थालेका छन् । 

    images

    अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि वाणिज्य बैंकहरुको छाता संगठनले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत (सीएसआर) अक्सिजन प्लान्ट खोल्नेबारे पहल थालेको हो ।

    यसबारे संघका अध्यक्ष भुवन दहाल, उपाध्यक्ष अनिल उपाध्याय र प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले विज्ञहरुसँग छलफल गरेका छन् ।

    नेशनल एकेडेमी अफ मेडिकल साइन्स (न्याम्स) का उपकुलपति प्रा.डा.डीएन शाहसँग छलफल गरेका छन् । शाहले केही दिनमा प्लान्ट कसरी स्थापना गर्ने, चाँडो स्थापना गर्न के गर्ने बारे बिस्तारमा संघलाई जानकारी गराउने बताएका छन् ।

    राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले गत आर्थिक बर्षको नाफाको एक प्रतिशत यो कार्यक्रमअन्तर्गत खर्च गर्नु पर्ने छ ।

    एक अर्ब नाफा गरेको बैंकले एक करोड छुट्याउनु पर्ने र उक्त रकमबाट प्लान्ट स्थापना गर्न सकिन्छ कि भनेर पहल थालेका हुन्  ।

    ‘प्लान्ट स्थापना गर्न २/३ करोड भए पुग्ने रहेछ,’ संघका अध्यक्ष दहालले भने, ‘तर स्थापना गर्न ३/४ महिना नै समय लाग्ने रहेछ । अहिले स्थापनाका लागि काम सुरु गरेपनि त्यो तत्कालको महामारीलाई काम नलाग्ने रहेछ ।’

    यसबाहेक उनले अहिलेको महामारीमा के गर्न सकिन्छ भनेर छलफल भइरहेको समेत जानकारी दिए । संघले यसअघि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट अस्पताल खोल्न अध्ययन गरेको थियो ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology