Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

केपी ओलीका २६ प्रतिस्पर्धी

केपी ओलीका २६ प्रतिस्पर्धी

  • 370
    SHARES
  • केपी ओलीका २६ प्रतिस्पर्धी

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र झापा-५ मा प्रतिनिधिसभा सदस्य पदका लागि २७ जनाले मनोनयन दर्ता गराएका छन् ।

    मनोनयन दर्ता गराउनेमा स्वतन्त्र उम्मेदवार मात्रै १४ जना रहेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराइएको थियो ।

    जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका पाँच निर्वाचन क्षेत्रका लागि १०१ जनाले प्रतिनिधिसभातर्फ र १०६ जनाले प्रदेशसभातर्फ उम्मेद्वारी दर्ता गराएका हुन् ।

    प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराउनेमध्ये सबैभन्दा धेरै झापा क्षेत्रनम्बर-५ मा नै रहेका छन् । त्यसमा पनि स्वान्त्र उम्मेदवारको संख्या धेरै रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।

    उनका अनुसार यो निर्वाचन क्षेत्रमा सहभागी दलमध्ये १४ जनाको स्वतन्त्र उम्मेदवारी हुन् ।

    प्रमुख दलले प्रतिनिधिसभा सदस्य पदका लागि झापा क्षेत्रनम्बर-५ मा महिलालाई उम्मेदवार नबनाए पनि अन्य साना दलका ४ महिलालाई उम्मेदवार बनाउँदै मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

    प्रतिनिधिसभा सदस्यका लागि ९ महिलासहित स्वातन्त्र ३३ गरि झापामा १०१ जनाको उम्मेदवारी परेको छ । जसमा झापा क्षेत्र नम्बर-१ मा ३ महिलासहित १६ जना, २ मा एक महिलासहित २० जना, ३ मा १८ जना, ४ मा १ महिलासहित २० र ५ मा ४ महिलासहित २७ जनाको उम्मेदवारी रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij