वेबटिभी खबर
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका-४ लखन्देही पुल नजिक हिजो साँझ जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतक अन्दाजी ३२ वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सरस्वती अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश २-०३-००१ च १९२४ नम्बरको जीपले हिजो साँझ सवा ६ बजे ज५प ७६५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुबै सवारी साधन र जीप चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij