वेबटिभी खबर
काठमाडौं । कोरोना संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई मंगलबार डिस्चार्ज गर्ने तयारी गरिएकाे छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति भण्डारीलाई ज्वरो र खोकी कम हुनुका साथै उनको स्वास्थ्यमा सुधार देखिएको छ ।
अस्वस्थताका कारण २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी उनलाई २३ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij