वेबटिभी खबर
काठमाडौं । देशका विभिन्न स्थानमा तीनजना मृत फेला परेका छन् । कैलालीको जोशीपुर गाउँपालिका-६ सिम्री बस्ने ४२ वर्षीय रोगाही बडायक मृत फेला परेका छन् ।
उनी आफ्नै घरबाट करिब १ किलोमिटर टाढा रहेको खेतको कुलोमा सोमबार मृत फेला परेका हुन् । खेतमा पानी हेर्न गएका उनी नफर्किएपछि खोजी गर्ने क्रममा कुलोमा उनको शव फेला परेको हो ।
डोटीको बडिकेदार गाउँपालिका-३ भैंसीडाँडा बस्ने ६१ वर्षीय कलमबहादुर बुढामगर सोही ठाउँस्थित घांगल खोलामा सोमबार मृत फेला परेका छन् ।
बडिकेदार गाउँपालिका-३ नानाकोटस्थित दाजुको घरबाट गत बुधबार दसैंको टिका लगाएर घर फर्किने क्रममा बेपत्ता भएका उनको उक्त खोलामा शव फेला परेको हो ।
यसैगरी बर्दियाको बाँसगढी नगरपालिका-१ बाटुलेस्थित बबई नदीको किनारमा सल्यान कालिमाटी गाउँपालिका-६ बस्ने ६० वर्षीय नरबहादुर दर्लामी मगर सोमबार मृत फेला परेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij