Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बाँकेमा ९९ जनाको उम्मेदवारी

बाँकेमा ९९ जनाको उम्मेदवारी

  • 360
    SHARES
  • बाँकेमा ९९ जनाको उम्मेदवारी

    बाँके । बाँकेको तीन प्रतिनिधिसभा सदस्य र छ प्रदेशसभा सदस्यका लागि दुई संघीयमन्त्रीसहित ९९ जनाको उम्मेदवारी परेको छ ।

    जिल्लाको निर्वाचन क्षेत्र नं २ मा सबैभन्दा बढी प्रतिनिधिसभाका लागि १६ र प्रदेशसभा सदस्यका लागि २४ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।

    नेपालगञ्ज बजारसमेत रहेको यस क्षेत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई जनता समाजवादी पार्टीकोतर्फबाट र नेकपा (एमाले) को समर्थनमा राप्रपाका डा.धवलशम्शेर राणा, नेपाली कांग्रेसबाट सुदीपनरसिंह राणाबीच प्रतिस्पर्धा हुनेछ ।

    शिवसेना नेपालबाट दीवाकर शर्मा खनालले पनि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभामा उम्मेदवारी परेका २४ मध्ये प्रदेश (क) मा १२ र प्रदेश (ख) मा १२ जनाले उम्मेदवारी दिएका हुन् ।

    निर्वाचन क्षेत्र नं १ मा २८ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभाका सदस्यका लागि ११ र प्रदेशसभा सदस्यका लािग १७ जनाले उम्मेदवारी दिएका छन् । उक्त निर्वाचन क्षेत्रमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले गठबन्धनकोतर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।

    मन्त्री गहतराज नेकपा (माओवादी केन्द्र)को नेतासमेत हुन । निर्वाचन क्षेत्र नं ३ मा ३१ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यका लागि १० र प्रदेशसभा सदस्यका लागि २१ जनाले उम्मेदवारी दिएका छन् । प्रदेशको (क) मा ९ र (ख) मा १२ जना छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij