वेबटिभी खबर
सान साल्भाडोर । जुलिया नामक आँधीले एल साल्भाडोर (देश) मा कम्तीमा ८ जनाको ज्यान लिएको छ ।
यस प्रकोपको कारण १ हजारभन्दा बढी मानिस आ–आफ्नो घरबाट विस्थापित भई शरणर्थीस्थलमाा पुगेका अधिकारीले सोमबार जानकारी दिएको छ ।
आन्तरिक मन्त्री राउल जुआरेजका अनुसार पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ भने घरमा रुख खसेर एक वृद्धको मृत्यु भएको छ ।
एउटा घरको पर्खाल भत्किँदा पाँच सैनिकको पनि मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
करिब एक हजार मानिस ३५ देखि ८१ शरणार्थीस्थलमा बसिरहेका बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij