Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा २६५ जनाको उम्मेदवारी

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा २६५ जनाको उम्मेदवारी

  • 426
    SHARES
  • काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा २६५ जनाको उम्मेदवारी

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौं जिल्लाको दश वटा निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरि २६५ जनाले उम्मेदवारी दिएका छन् ।

    निर्वाचन आयोगका अनुसार उम्मेदवारी दिनेमा २२६ जना पुरूष र ३९ जना महिला रहेका छन् । काठमाडौं क्षेत्रनम्बर-१ मा २२ जना पुरूष र १० जना महिला गरि कुल ३२ जनाको उम्मेदवारी परेको छ ।

    त्यस्तै काठमाडौं क्षेत्रनम्बर-२ मा २६ जना पुरूष र ५ जना महिला गरि कुल ३१ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्रनम्बर-३ मा २१ जना पुरूष र ३ जना महिला गरि कुल २४ जनाको उम्मेदवारी परेको छ ।

    क्षेत्रम्बर-४ मा ३३ जना पुरूष र २ जना महिला गरि कुल ३५ जनाले उम्मेदवारी दिएका छन् । यस्तै काठमाडौं क्षेत्रनम्बर-५ मा २६ जना पुरूष र ४ जना महिला गरि 
    ३० जनको उम्मेदवारी परेको छ ।

    काठमाडौं क्षेत्रनम्बर ६ मा २३ जना पुरूष र १ जना महिला गरि कुल २४ जना उम्मेदवार मैदानमा उत्रेका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं क्षेत्रनम्बर ७ मा २४ जना पुरुष र ५ जना महिला गरि कुल २९ जनाले उम्मेदवारी दिएका छन् ।

    क्षेत्रनम्बर-८ मा १७ जना पुरूष र २ जना महिला गरि १९ जनाको उम्मेदवारी परेको छ । यसैगरी काठमाडौं क्षेत्रनम्बर-९ मा १७ जना पुरुष र ५ जना महिला गरि २२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

    काठमाडौं क्षेत्रनम्बर १० मा १७ जना पुरूष र २ जना महिला गरि कुल १९ जनाको उम्मेदवारी परेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij