Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको निर्देशन

बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको निर्देशन

  • 453
    SHARES
  • बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको निर्देशन

    काठमाडौं । बागी उम्मेदवारी दिएकाहरूलाई सत्ता गठबन्धनले समयमै उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

    मंगलबार बालुवाटारमा बसेकाे सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आधिकारिक उम्मेदवारबाहेक अरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।

    उक्त बैठकले असोज २६ गते दिउँसो १ बजेभित्र बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिइसक्न निर्देशन दिएको हो । निर्वाचन आयोगले निर्धारण गरेको समयभित्र बागी उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीले निस्काशन गर्ने चेतावनी पनि गठबन्धनले दिएकाे छ ।

    आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनले तालमेल गरेर उम्मेदवारी दिएका छन् । तर कतिपय क्षेत्रमा विभिन्न दलबाट बागी उम्मेदवारीसमेत परेकाे छ ।

    bagi.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij