Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

एकै दिन ८८ हजारभन्दा बढीले लगाए कोभिड विरूद्धको खोप

एकै दिन ८८ हजारभन्दा बढीले लगाए कोभिड विरूद्धको खोप

  • 331
    SHARES
  • एकै दिन ८८ हजारभन्दा बढीले लगाए कोभिड विरूद्धको खोप

    काठमाडौं । आज देशभर ८८ हजार छ सय ६६ जनाले कोभिड विरूद्धको खोप लगाएका छन् ।

    देशभर पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ  । सो अवधिमा दुई हजार दुई सय २२ जनाको नमूना परीक्षण गरिएको थियो ।

    पाँच सय ७९ जनाले पिसीआर र एक हजार छ सय ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज २९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको संख्या नौ लाख ८७ हजार तीन सय ५३ पुगेको छ । संक्रमण मुक्त हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    हाल सक्रिय संक्रमितको संख्या पाँच सय ७५ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार १८ पुगेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij