वेबटिभी खबर
काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल समाजवादी पार्टी (नेसपा) का ६ जना नेताले नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट उम्मेदवारी दिएका छन् ।
नेसपाका अध्यक्ष महीन्द्र राय यादव गठबन्धनका तर्फबाट सर्लाही–२ मा प्रतिनिधिसभाको उम्मेदवार छन् । यस्तै काठमाडौं–७ मा मानुषी यमि भट्टराई पनि प्रतिनिधिसभाको उम्मेदवार छिन् ।
प्रदेशसभातर्फ ४ जना गठबन्धनमा आवद्ध भएर उम्मेदवार बनेका छन् । गंगा नारायण श्रेष्ठ, सिन्धुली–२ (ख) बाट उम्मेदवार बन्दा फणीन्द्र देवकोटा गोरखा–२ (क) मा उठेका छन् ।
अर्का अध्यक्ष डा.बाबुराम भट्टराई प्रतिनिधिसभातर्फ गोरखा–२ छाडे पनि नेसपाले प्रदेशमा भने उम्मेदवारी दिएको छ । यस्तै चिनक कुर्मी नवलपरासी (पश्चिम)–२ (क) बाट र सुनिल साह सर्लाही–२ (क) बाट उम्मेदवार बनेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij