Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

  • 382
    SHARES
  • प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ राजदूत होउ यान्छीबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको छ ।

    चिनियाँ राजदूतले आफ्नो कार्यकाल समापन गरि स्वदेश फिर्ता हुने क्रममा प्रधानसेनापतिसँग बिदाई भेट गरेको नेपाली सेनाले जनाएको छ ।

    भेटघाटमा प्रधानसेनापति शर्माले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै सुखद् भविष्यको लागि शुभकामना दिएका थिए ।

    यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij