वेबटिभी खबर
काठमाडौं । गोर्खा-२ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेकी डा.माधवी भट्टले उम्मेदवारी फिर्ता लिएकी छिन् ।
२३ असोजमा उम्मेदवारी दर्ता गरेपछि उत्पन्न प्राविधिक, व्यवहारिक र परिस्थितिजन्य अवस्थाको समीक्षा गर्दै उम्मेदवारी फिर्ता लिएको उनले जनाएकी छिन् ।
यसै क्षेत्रबाट सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले उम्मेदवारी दिएका छन् । उनले उम्मेदवारी फिर्ता लिए पनि मतदाताको आफूप्रतिको विश्वास र भरोसा टुट्न नदिने बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘यहाँहरूका फोन कल र सामाजिक सञ्जालमा आएका सन्देशहरूलाई मैले जवाफ दिन सकेको छैन । म यहाँहरूलाई पक्कै पनि सम्पर्क गर्नेछु । गोरखा-२ मा कांग्रेसका पार्टी पूर्व सभापतिहरू, केही पूर्व सांसदहरू तथा अन्य विभिन्न तह र तप्कामा रहनुभएका व्यक्तिहरूबाट प्राप्त हौसलाले मलाई थप जिम्मेवार बनाएको छ ।’
उनले यस्तो सामीप्य र सहकार्य आगामी दिनमा निरन्तर अघि बढ्नेप्रतिबद्धता जनाएकी छिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij