वेबटिभी खबर
सोल । दक्षिण कोरियामा अहिले पनि दैनिक ३० हजार जनाभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिने गरेको छ ।
मंगलबार मध्यरातिको तथ्यांकअनुसार ३० हजार पाँच सय ३५ जनामा संक्रमण देखिएको हो । अघिल्लो २४ घन्टामा यहाँ त्यो संख्यामा संक्रमित देखिएका यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
यहाँ अघिल्लो दिन अर्थात सोमबारका तुलनामा १५ हजार भन्दा बढी संक्रमित थपिएका हुन् । तर अघिल्लो हप्ता यहाँ ३४ हजार भन्दा बढी संक्रमित देखिने गरेकामा एक दिनमा थपिएकामा त्यो भन्दा कम देखिएको बताइएको छ ।
गत हप्ता यहाँ दैनिक २० हजारको हाराहारीमा संक्रमितहरू देखिने गरेका थिए । त्यसका तुलनामा अहिले पुनः संक्रमितहरू बढ्न थालेका पनि स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
यहाँ पछिल्ला दुई दिनमा १५ जना संक्रमितको ज्यान गएको छ । यो समेतगरी यहाँ कोरोना भाइरसको संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या २७ हजार ७ सय २३ पुगेको छ ।
कोरोना सुरु भएदेखि यहाँ दुई करोड ५० लाखभन्दा बढी नागरिकमा संक्रमण भएको बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij