Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बारामा एकैपरिवारका तीन जनाको हत्या, आफन्तबाटै हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान

बारामा एकैपरिवारका तीन जनाको हत्या, आफन्तबाटै हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान

  • 348
    SHARES
  • बारामा एकैपरिवारका तीन जनाको हत्या, आफन्तबाटै हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान

    काठमाडौं । बारामा एकैपरिवारका तीन जनाको हत्या भएको छ । प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँका २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरीको हत्या भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होलिन्द्र बोगटीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूको घाँटी रेटेर हत्या भएको हुनसक्ने देखिएको छ । हत्या आफन्तबाटै भएको प्रहरीको प्रारम्भिक अनुमान छ  ।

    एसपी बोगटीले थप अनुसन्धान भएपछि सबै विषयहरू खुल्ने बताए । उनले वेबटिभी खबरसँग भने,‘आफन्तबाटै हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ । थप अनुसन्धान हुँदै गएपछि सबैकुरा खुल्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij