Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बाँकेमा नौ जनाद्वारा उम्मेदवारी फिर्ता

बाँकेमा नौ जनाद्वारा उम्मेदवारी फिर्ता

  • 367
    SHARES
  • बाँकेमा नौ जनाद्वारा उम्मेदवारी फिर्ता

    बाँके । प्रतिनिधिसभा र प्रदेशसभातर्फ बाँकेमा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक प्रतिनिधिसभा र आठ प्रदेशसभाका उम्मेदवारले उम्मेदवारी फिर्ता दिएका हुन् ।

    बाँके क्षेत्र नम्बर-३ मा उम्मेदवारी दिएका रवीन्द्रमान श्रेष्ठले, क्षेत्र नम्बर-३ मा सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, क्षेत्र नम्बर-१ का प्रदेशसभाका उम्मेदवार उग्रसेन यादव र विक्रम यादव, क्षेत्र नम्बर-२ का प्रदेशतर्फ स्वतन्त्र उम्मेदवारद्वय राजेन्द्र कँडेल र विनयचन्द्र गुप्ता, क्षेत्र नम्बर-३ को प्रदेशसभा सदस्य उम्मेदवार जाकिर हुसैन, दीपक जीएम, इन्द्रबहादुर थापा, राजकुमार ढकाल र सन्तबहादुर खत्रीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा प्रतिनिधिसभा र प्रदेशमा गरी नौ जना निर्वाचित हुनेछन् । यसका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij