Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

घनश्याम भुसाल र प्रभु साहलाई बाबुरामले भने– तपाईंहरूको यात्रा बृहत् समाजवादी ध्रुवीकरणको अभियानमा परिणत होस् 

घनश्याम भुसाल र प्रभु साहलाई बाबुरामले भने– तपाईंहरूको यात्रा बृहत् समाजवादी ध्रुवीकरणको अभियानमा परिणत होस् 

  • 739
    SHARES
  • घनश्याम भुसाल र प्रभु साहलाई बाबुरामले भने– तपाईंहरूको यात्रा बृहत् समाजवादी ध्रुवीकरणको अभियानमा परिणत होस् 

    काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर नयाँ यात्रा सुरु गरेका नेता घनश्याम भुसाल र प्रमु साहलाई नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले समाजवादी ध्रुवीकरणको अभियानमा परिणत होस् भन्ने सुझाव दिएका छन् ।

    रूपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उठेका भुसाल र रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उठेका साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने निर्णय गरिसकेको छ ।  

    पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले  केपी ओली नेतृत्वको नेकपा एमाले प्रतिगमनको दिशामा तीव्र गतिले कुदिरहेको पनि बताएका छन् ।

    उनले ट्वीटरमा भनेका छन्, ‘प्रतिगमनको दिशामा झन् तीव्र गतिले कुदिरहेको ओली नेतृत्वको एमाले परित्याग गर्ने घनश्याम भुसाल, प्रभु साहलगायतलाई बधाई तथा शुभकामना ! यो क्रम चुनावी तालमेलमा मात्र नरोकिएर बृहत् समाजवादी ध्रुवीकरणको अभियानमा परिणत होस् !’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij