Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

भारतमा लगातार दोस्रो दिन चार हजार बढीको मृत्यु

भारतमा लगातार दोस्रो दिन चार हजार बढीको मृत्यु

  • 437
    SHARES
  • भारतमा लगातार दोस्रो दिन चार हजार बढीको मृत्यु

    नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट तीन लाख ६२ हजार संक्रमित भएका छन् ।

    images

    यही अवधिमा संक्रमणबाट चार हजार एक सय २० जनाको मृत्यु भएको छ भने तीन लाख ५२ हजार संक्रमित निको भएका छन् ।

    मंगलबार पनि मृत्यु हुनेको संख्या चार हजार एक सय ९८ थियो ।  भारतमा अझै ३७ लाख बढी सक्रिय संक्रमित रहेका छन् । 

    भारतमा हालसम्म दुई करोड ३७ हजार व्यक्ति कोभिड-१९ बाट संक्रमित भएका छन् जसमध्ये एक करोड ९७ लाख ३४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । हाल भारतमा ३७ लाख १० हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । 

    भारतको राजधानी नयाँ दिल्ली, मुम्बई समेतका ठूला सहरमा कोरोनाभाइरसबाट पीडित बिरामीको उपचारमा ठूलो संकट उत्पन्न भएको छ ।

    विभिन्न प्रमुख सहर एवं राज्यमा स्थानीय तहमा सरकारले पूर्ण लकडाउन, आंशिक लकडाउन, प्रतिबन्ध, कफ्र्यु समेतका उपायहरु घोषणा गरे पनि केन्द्र सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । 

    सरकारले कोभिड-१९ विरुद्धको खोपलाई पनि तीव्र गतिमा अगाडि बढाएको छ । देशव्यापी रुपमा पर्याप्त खोप नभए पनि सरकारले १८ वर्षदेखि माथिका सबै नागरिकलाई खोप उपलब्ध गराउन सुरु गरेको छ । 

    स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म १७ करोड ७२ लाख व्यक्तिले खोप लगाएका छन् । 

  • सम्बन्धित विषय:

  • # भारत

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology