Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अर्घाखाँचीमा पहिरोका कारण एक सय परिवार विस्थापित 

अर्घाखाँचीमा पहिरोका कारण एक सय परिवार विस्थापित 

  • 349
    SHARES
  • अर्घाखाँचीमा पहिरोका कारण एक सय परिवार विस्थापित 

    अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन् । उनीहरू हाल विद्यालयमा बसेका छन् ।

    पहिरोको उच्च जोखिमका कारण विस्थापित बनेका ४१ दलित परिवारका एक सय ६१ जना विस्थापित भएको वडा अध्यक्ष चुराबहादुर केसीले बताए । उनीहरूलाई  स्थानीय चन्द्र प्रभा माध्यमिक विद्यालयको भवनमा राखिएको छ ।

    गाउँका केही घर पहिरोले भत्किएका छन् भने केही घर उच्च जोखिममा छन् । सिंगो गाउँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले जानकारी दिए ।

    विद्यालयमा बसेका पहिरो पीडितलाई उद्योग वाणिज्य संघ र नेपाल रेडक्रस सोसाइटीले राहत प्रदान गरेको छ । उद्योग वाणिज्य संघ अर्घाखाँचीले चामल, दाल, तेल, नुनलगायतका खाद्य सामग्री पहिरो पीडितलाई हस्तान्तरण गरेको उद्योग वाणिज्य संघकी महासचिव तुल्सी खनालले बताइन् ।

    पहिरोमा परेर घर गुमाएका भुजुंगेका दलित परिवारलाई २० थान कम्मल र २० थान म्याट प्रदान गरेको नेपाल रेडक्रस सोसाइटीका अर्घाखाँची शाखाका सभापति कुशल भुसालले जानकारी दिए ।

    अर्घाखाँचीमा अविरल वर्षाका कारण खोलाले बगाएर एक जनाको मृत्यु भएका छन् भने एक बालक खोलाले बगाएर बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए ।

    पहिरोले अर्घाखाँची जिल्लामा एक सय ११ परिवार विस्थापित भएका छन् । उनीहरूलाई विद्यालय, आफन्तको घर तथा सार्वजनिक स्थानमा बसोबासको व्यवस्था मिलाइएको प्रजिअ घिमिरेले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij