Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

यी कारणले खिइन्छ हड्डी  

यी कारणले खिइन्छ हड्डी  

  • 157
    SHARES
  • यी कारणले खिइन्छ हड्डी   

    काठमाडौं । उमेर बढ्दै गएपछि शरीरमा विभिन्न समस्या देखिदै जान्छन् । ओस्टियोपोरोसिस् अर्थात हड्डी खिइने रोग मानिसको उमेर छिप्पिदै जाँदा हड्डीमा देखिने कमजोरीपना हो ।
      
    यो रोग महिला तथा पुरुष दुवैमा देखिन्छ । तर पुरुषको दाँजोमा महिलालाई हुन्छ । अझ पुरुषको तुलनामा महिलालाई कम उमेरदेखि नै सताउँछ । अर्थात पुरुषहरुलाई ७० वर्ष उमेर नाघेपछि देखिने यो समस्या महिलामा भने ५०/५५ वर्ष नकट्दै देखिन सक्छ । 

    यो समस्या मेरुदण्ड,  घँडा तथा खुट्टाहरुमा देखिन्छ । त्यसबाहेक विभिन्न जोइन्टहरुमा पनि यसको असर हुन्छ । यस्तो समस्यामा देखिनुको कारण हाम्रो शरीरमा नियमित रुपमा नयाँ हड्डी निर्माण भइरहेको हुन्छ र त्यसले पुरानो हड्डीलाई प्रतिस्थापन गर्दै जान्छ ।

    युवा तथा किशोर उमेरमा हड्डी निर्माण छिटो-छिटो हुन्छ तर उमेर ढल्केसँगै हड्डी विकास हुनेक्रम पनि घटदै जान्छ । अन्ततः बुढेसकाल लाग्न थालेपछि नयाँ उत्पादनदर कम हुन थाल्छ र पुरानो हड्डी रहिरहन्छ । त्यसपछि हड्डी कमजोर हुने र खिइने प्रक्रिया सुरु हुन्छ ।

    महिलाहरुलाई देखिनुको मुख्य कारण महिलामा महिनावारी सुक्ने बेलामा शरीरमा हुने हर्मोन गडबढी हो । महिनावारी सुक्ने बेला एस्ट्रोजिनहरु कम भएर जान्छन् । त्यसैले महिनावारी सुकेका महिलाहरुलाई यो देखिन सक्छ ।

    लक्षण 

    यो रोगमा सुरुमै लक्षण देखिदैन । तर हाड खिइन थालेपछि भने ढाड दुख्ने, रिंगटा लाग्ने आदि हुन्छ । उचाई घटदै जान्छ । मर्के जस्तो ठानिएकोमा सजिलै भाचिन थाल्छ ।

    कसरी सावधान रहने ?

    कुनै पनि रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम उपचार हो ।  हड्डी बलियो बनाउन हामीले प्रशस्त मात्रामा पोशिलो खाने कुरा तथा क्याल्सियमयुक्त खाद्यपदार्थ जस्तै दुध, फलफूल सागसव्जी माछा-मासु प्रसस्त खानुपर्छ । जसले गर्दा हड्डी बलियो हुन्छ ।

    १८ देखि ५० वर्ष उमेरका महिला तथा पुरुषलाई प्रतिदिन १ हजार मिलीग्राम क्याल्सियम चाहिन्छ । सो भन्दा बढी उमेरका व्यक्तिलाई १ हजार २ सय मिलीग्राम क्याल्सियम चाहिन्छ । भिटामिन डी पाइने खानेकुरा तथा  घाममा बस्नुपर्छ । 

    नियमित शारीरिक व्यायममा ध्यान दिनुपर्छ । जति व्यायम गर्यो त्यति नै हड्डी बलीयो हुने हुँदा युवा अवस्थामै हिडडुल तथा व्यायाममा जोड दिनुपर्छ । धुम्रपान तथा मद्यपानबाट टाढा रहनुपर्छ ।

    हड्डी कमजोर भएपछि समस्या देखापर्छ त्यसपछि परीक्षण गर्दा थाह भइहाल्छ । हड्डी खिइएको भएको भए दुखाइ कम गर्न औषधि खाने र नियमित व्यायाममा ध्यान दिनुपर्छ । समस्या धेरै महसुस भएपछि अर्थोपेडिक चिकित्सकलाई देखाउनु पर्छ । चिकित्सकको सल्लाहमा व्यायाम तथा अन्य कार्य गर्नुपर्छ । 

    राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक डा.विनोद शेरचनसँग गरिएको कुराकानीमा आधारित  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology