वेबटिभी खबर
चितवन । चितवनमा करेन्ट लागेर एक गैंडाको मृत्यु भएको छ ।
आज बिहान ४ बजे खैरहनी नगरपालिका-१२ इचर्नी खोला नजिक रहेको बंगुर फार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैंडाको मृत्यु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी पाँच/छ वर्षको भाले गैंडाको मृत्यु भएको हो । सो ठाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली पठाइएको र थप अनुसन्धान भइरहेको आचार्यले जानकारी दिए ।
कुमरोज सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले करेन्ट लागेर गैंडा मरेको बताए । बंगुर फार्ममा नांगो बिजुलीको तार लगाइएको र त्यसैबाट गैंडालाई करेन्ट लागेको श्रेष्ठकाे भनाइ छ ।
यो आर्थिक वर्षमा यससँगै दुई गैंडाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो तथ्यांकनुसार ६ सय ९४ गैंडा रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij