Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रदीप पौडेल भन्छन्– राजनीति र काठमाडौं दुवै सफा गर्नेछु  

प्रदीप पौडेल भन्छन्– राजनीति र काठमाडौं दुवै सफा गर्नेछु  

  • 397
    SHARES
  • प्रदीप पौडेल भन्छन्– राजनीति र काठमाडौं दुवै सफा गर्नेछु  

    काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट काठमाडौं–५ मा आसन्न प्रतिनिधिसभा निर्वाचनमा सदस्यका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफ्नो पहिलो उद्देश्य राजनीति सफा गर्ने भएको बताएका छन् ।

    बिहीबार काठमाडौं–५ ले आयोजना गरेको क्षेत्रीय प्रतिनिधि भेलामा सम्बोधन गर्दै पौडेलले अहिलेको प्रमुख आवश्यकता भनेको राजनीति सफा गर्नु भएको बताएका हुन् । 

    ‘देशमा धेरै विकृतिहरू छन्,’ उनले भने, ‘राजनीतिमा पनि विकृतिहरू नभएका होइनन् । अब राजनीतिलाई पहिले सफा गरेर देशलाई र राजधानीलाई सफा गर्नु पर्छ । मेरो पहिलो उद्देश्य राजनीति सफा गर्ने हो र देशको राजधानीलाई सफा गर्ने पनि हो ।’

    उनले काठमाडौं–५ देशकै लागि महत्त्वपूर्ण भएको र यो क्षेत्रमा देशका प्रमुख कार्यालयहरु भएकाले पनि यसको विशेष भूमिका नीति निर्माणमा हुने बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij