वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले आफू चुनावमा जित्ने भएपछि उम्मेदवार नबनाइएको बताएका छन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा डा.रावलले अध्यक्ष केपी शर्मा ओलीलाई आफू अछाम–१ बाट जित्ने निश्चित भएपछि उम्मेदवार नबनाएको आरोप लगाएका छन् ।
‘मलाई कसरी रोक्न सकिन्छ भनि षड्यन्त्र भएको कुरा नेताहरूबाट आए । ओलीले हराउन नसकिने भएपछि रोकियो,’ डा.रावलले भने ।
उनले आफ्नो क्षेत्रमा झपट बोहोरालाई उम्मेदवार बनाएको भन्दै आपत्ति जनाएका छन् ।
उनले सिफारिस नभएको व्यक्ति नै उम्मेदवार बनाएको आरोप लगाएका छन् । ‘सिफारिस नभएका व्यक्तिकै नाम अघि सारियो,’ उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij