वेबटिभी खबर
काठमाडौं । एमाले नेता डा.भीम रावलले राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आगामी पाइला चाल्ने बताएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले आगामी दिनमा आफू एमालेमा रहने कि नरहने भन्ने पार्टी नेतृत्वको गतिविधि र कार्यशैलीले निर्धारण गर्ने बताए ।
पार्टीमा सधैं दमन र बहिष्करमा परेमा त्यहाँ विद्रोह हुने उल्लेख गर्दै उनले घनश्याम भुसालको विद्रोहलाई उचित कदमको संज्ञा दिए ।
उनले आफूले देशभरका एमाले उम्मेदवारलाई जिताउन आग्रह नगर्ने बताउँदै माक्सवाद र लेनिनवादको सिद्धान्त अनुशरण गर्ने तथा देशभक्त र राष्ट्रवादी उम्मेदवारलाई जिताउन आग्रह गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij