Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

नागरिक आन्दोलन सकिएको छैनः उज्ज्वल प्रसाईं [अन्तर्वार्ता]

नागरिक आन्दोलन सकिएको छैनः उज्ज्वल प्रसाईं [अन्तर्वार्ता]

  • 988
    SHARES
  • नागरिक आन्दोलन सकिएको छैनः उज्ज्वल प्रसाईं [अन्तर्वार्ता]

    सरकार लोकतन्त्रप्रति बफादार नभएको, नागरिकका आवाज सुन्न नचाहेको र एकपछि अर्को गर्दै दमनकारी व्यवहारप्रति खबरदारी गर्न नागरिकहरू यतिबेला सडकमा छन् । 

    images

    पुस ५ मा प्रतिनिधिसभा विघटन गर्न प्रधानमन्त्री केपी ओलीले चालेको अर्को गैरसंवैधानिक कदमपछि नागरिक आन्दोलन थप सशक्त बन्न पुग्यो । 
    यो मात्र होइन राज्यले नागरिकका दैनन्दिनका समस्याप्रति चासो नदेखाएको, नागरिकप्रति सरकार झन्माथि झन् क्रुर बन्दै गएकोप्रति आफ्नो आवाज र कलममार्फत निरन्तर खबरदारी गर्दै आएका नागरिक अभियान्ताको नाम हो उज्ज्वल प्रसाईं । राजनीतिक विश्लेषकसमेत रहेका उनै प्रसाईंसँग वेवटिभी खबरले गरेको कुराकानी: 

    पछिल्लो समय सर्वोच्च अदालतले जुन फैसला गरेको छ, यसका पछाडि नागरिक र सिर्जनशील आन्दोलनले कतै न कतै काम गरेको छ भन्ने आम रूपमा बुझिएकै छ । पुस ५ बाट जारी आन्दोलन भर्खरै सकिएको छ भनौं या एउटा चरणमा छ भनौं, जे होस् प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमका विरूद्ध यो आन्दोलन सफल भएको होइन ?  

    नागरिक आन्दोलन गत पुस ५ गते भएको संसद विघटनपछि सुरु भएको भए पनि यो आन्दोलन संसद पुर्नस्थापनापछि टुंगिने आन्दोलन होइन भनेर हामीले भन्दै आएका थियौं । आन्दोलन जारी छ । सर्वोच्चको फैसलालाई हामीले स्वाभाविक मानेका छौं । तर यतिमै आन्दोलन टुंगिएको मान्दैनौं ।
    हिजै पनि हामी काठमाडौंको सडक विस्तारका क्रममा भएका बलमिच्याईं विरुद्ध सडकमा थियौं । कमलपोखरीमा गर्न खोजिएको कंक्रिट जबर्जस्ती विरुद्ध हामीले पोखरीमा बनाउन थालिएको सिमेन्टको संरचना भत्कायौं । पोखरीलाई पोखरी नै रहन देऊ भनेर हामीले आन्दोलन ग¥यौं । 
    नागरिक आन्दोलनमा सिंगो नेपाली समाज छ । यसका विविधता छन् र यस समाजमा विद्यमान अनेक असन्तुष्टिका विषय पनि उतिकै महत्वसाथ उठेका छन् । भाषा, संस्कृति, सम्पदा, भूमि, पहिचान, श्रम र कृषि जस्ता क्षेत्रमा भएका प्रतिगमनहरु विरुद्ध आवाज बुलन्द गर्ने उद्देश्यले नै हामी आन्दोलनरत छौं ।
    यो सामान्य प्रकारको सिर्जनशील र शान्तिपूर्ण आन्दोलनमा सरकारले तपाईंहरूमाथि पानीका फोहरा बर्सायो, दजर्नौ स्थानमा प्रहरी प्रशासनले दमन ग¥यो । नागरिकले प्रधानमन्त्री र राष्ट्रपतिको गलत कदमको विरोध गर्नै नदिने तहको क्रुरतामा राज्य कसरी पुगेको होला ?  

    राज्य क्रुर छ, दमनकारी छ र नश्लवादी पनि छ । यसो भन्नका लागि पर्याप्त प्रमाण र उदाहरणहरु हामीसँग छन् । नागरिक आन्दोलनमा वर्षाएको पानीका फोहोरा र लाठी अत्यन्तै सामान्य उदाहरण हुन् । वर्षौंदेखि राज्यको यो चरित्रका कारण हजारौं मान्छेले पाएका दुःख र सहेका सास्तीका अघिल्तिर त्यो केही होइन । त्यसैले हामी राज्यको यो चरित्रबारे आम नागरिकमा विमर्श हुनुपर्छ भन्छौं । नागरिक आन्दोलन त्यही जागृतिको अभियानका रुपमा अघि बढाउने प्रयत्नमा लागेका छौं । समग्र समाज, राज्य, मौजुदा संस्था र विधिबारे व्यापक र गहन विमर्शमा नागरिकहरुको ठूलो हिस्सा सहभागि हुन सक्यो भने थिति बदल्न सहज हुन्छ, त्यो बदलाव शान्तीपूर्ण हुनसक्छ ।

    प्रधानमन्त्री ओली पनि आफैंमा एउटा कवि हो । डेढवर्षअघि उहाँले चन्द्रागिरिमा एउटा कविता लेख्नुभएको सायद तपाईंलाई पनि सम्झना होला । एउटा कविले साहित्यकार, लेखक, कलाकारसहित आम जनताको भावना बुझ्न किन नसक्नु भएको होला ?
     
    केपी ओली कवि होइनन्, तुकबन्दी रुचाउने गफाडी हुन् । उनी कलाको मर्म बुझ्ने मर्मज्ञ होइनन्, स्तरहीन व्यंग्य गरेर चाकर हँसाउन पल्केका शासक हुन् । त्यसैले कलाकार, सर्जक र बौद्धिकलाई सुन्न वा बुझ्न सकेनन् भनेर गनगन गर्नुको कुनै तुक छैन । 

    अहिले ‘ओलीवाद’, ‘ओलीतन्त्र’ भन्ने शब्द खुब सुनिँदै छ । खासमा यी शब्द जन्मिनुमा प्रधानमन्त्री ओली एक्लै वा तपाईं, हामी र समाज पनि जिम्मेवार छ ?

    ओलीवाद र ओलीतन्त्र व्यक्ति ओलीका गल्तीहरुको समष्टि रूप होइन । बरूओली जस्ता शासक बन्ने समग्र राजनीतिक प्रक्रिया र त्यसको परिणामलाई इंगित गर्न प्रयोग भएका शब्द हुन् । जनताले गरेका तमाम संघर्ष र तिनले लोकतन्त्र सबल बनाउन सम्भव तुल्याएका अनेक उपलब्धिलाई अर्थहीन बनाउन भएका प्रयत्नले ओलीतन्त्र जन्माएको हो ।

    नागरिकको ठूलो हिस्साले जानेर वा नजानेर, भ्रममा वा विश्वासले दिएको कन्सेन्ट (सम्मती)ले ओलीतन्त्र बलियो भएको हो । त्यसैले नै नागरिक आन्दोलनले नागरिकको उल्लेख्य हिस्सामा जागृतिको अभियान पु¥याउनुपर्छ भनिएको हो । त्यसैले आम नागरिकमाझ सरकोकारका अनेक विषयमा व्यापक र गहन विमर्शको आवश्यकता औंल्याइएको हो । 

    अहिले बलियो प्रतिपक्षको भूमिकामा कुन पार्टी छन् वा कोही छैनन् ? नागरिक आन्दोलनको प्रतिपक्षता कतिको सशक्त हुनसक्छ ? 

    नेपाली राजनीति प्रतिपक्षविहीन भएको धेरै भयो । नेपाली कांग्रेसमा केही असल मानिसहरु छन्, राजनीतिक इमान्दारी र निष्ठामा अडिन खोज्ने कार्यकर्ताको उपस्थिति पनि त्यहाँ नभएको होइन, तर नेपाली कांग्रेस स्वार्थी गिरोहले सञ्चालन गरेको पार्टी हो । सत्ता, स्रोत, पद इतयादि दोहनको चर्को मोहमा फँसेको करिब अराजनीतिक पाराको गिरोहको हातमा नेपाली कांग्रेस छ त्यसकारण ऊ कुनै प्रतिपक्ष हुन सकेन ।

    आम नागरिकका पेचिला सवाल बोकेर सत्तालाई खबरदारी गर्ने दल पो प्रतिपक्ष हुन्छ । त्यसो गर्ने राजनीतिक शक्ति कि त कोही छैनन्, कोही भए ति प्रतिपक्ष भनिन लायक बल प्राप्त गरेका समूह होइनन् । त्यसैले प्रतिपक्षको एक खाले भूमिका निर्वाह गर्न नागरिकहरु अग्रसर हुनुपरेको हो । त्यही आवश्यकताले वृहत् नागरिक आन्दोलन सृजित भएको हो । 

    आफ्ना सयौं सिमाका बाबजुद नागरिक आन्दोलन सशक्त प्रतिरोधी आवाज बन्ने कोशिसमा छ । नेपाली समाजमा रहेका ज्वलन्त मुद्दा र असन्तुष्टिलाई एक ठाउँ समाहित गर्दै समग्र नागरिकको आवाज बन्ने अभियानमा जुटेको छ । यो साँचो अर्थमा वृहत् हुँदै गयो र आम नागरिकमा जागृति सृजना गर्न सक्यो भने यो बलियो प्रतिपक्ष हुनेछ र लोकतन्त्र सबल बनाउन आवश्यक योगदान गर्नेछ । 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology