Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

शिक्षामन्त्रीलाई इसीडी शिक्षकको प्रश्न– हाम्रा माग कहिले पूरा हुन्छन् ?

शिक्षामन्त्रीलाई इसीडी शिक्षकको प्रश्न– हाम्रा माग कहिले पूरा हुन्छन् ?

  • 2.6K
    SHARES
  • शिक्षामन्त्रीलाई इसीडी शिक्षकको प्रश्न– हाम्रा माग कहिले पूरा हुन्छन् ?

    शिक्षामन्त्रीज्यू नमस्कार । जुन दिन यहाँ शिक्षामन्त्री  घोषणा हुनुभयो त्यसदिन हामी खुसी थियौं । बालबालिकासँग काम गर्न केही नयाँ जोसजाँगरका साथै खुसी र उमंग बनाउनुभयो । आज त्यो आसालाई निराशा बनाउनु भयो । हाम्रो देश नेपालका माननीय  मन्त्रीहरू एकचोटी गम्भीर  तरिकाले हिजोका दिनलाई फर्केर सोचिदिनुहोस् त बालविकास शिक्षकले  हजुरहरूले नसक्ने  र कुनै व्यक्तिले आफ्नो पकेटबाट तानेर दिने खालका माग बालबिकास शिक्षकहरूले उठाएका त थिएनौं ।

    images

    जुनसुकै तहका मजदुरले पनि पनि दिनभरी मजदुरी गर्छन् । उसको पनि निश्चित  ज्याला हुन्छ भने हामी त झन हजुरहरूको छोराछोरी, नातिनातिनालाई स्याहारसुसारका साथै बच्चाको मस्तिष्क विकास सँगै सर्वाङ्गीण विकास गराउने बालशिक्षकमात्र नभएर कर्म दिने एक असल आमाको  जिम्मेवारी  बोकेका छौँ ।

    यसरी विद्यालयको आधार बनाउने बालशिक्षकले उठाएका स्वभाविका मागलाईसमेत सम्बोधन  गर्न हजुरहरूलाई फलामका चिउरा चपाएभन्दा कठिन भयो । कहिले बजेट भाषण  हुन्छ भन्दै बसेका शिक्षकहरूलाई बजेट भाषणले बाविकासको नामनिसानासमेत निकालिएको थिएन ।

    बालविकास शिक्षकले आन्दोलन गरेपपछि बल्ल १५ प्रतिशत वृद्धि गरियो । एक    ८ हजार तलब त्यसमा पनि १प्रतिशत तलब वृद्धि । म त्यो ठाउँमा हुन्थे भने त लाजमान्थें ।  १५प्रतिश होइन त्यो ठाउँमा  १०० प्रतिशत तलब वृद्धि गरिदिएको भएपनि । कसैको व्यक्तिगत सम्पत्ति जाँदैनथ्यो । कस्तो बिडम्बना संघमा जान्छौं । प्रदेशमा जा भन्ने । प्रदेश जान्छौं स्थानीय सरकार जा भन्ने । कम्तिमा पनि १७ हजार तलब त्यहीबाट गर्दिएको भएपनि हुन्थ्यो शिक्षामन्त्रीज्यू ।

    हेर्नुहोस् त कुनै स्थानीय तहले १७ हजारभन्दा माथि बनाएका छन् । कुनै स्थानीय  तहमा १० हजार मात्र । के सबै स्थानीय तहमा आउने बजेट उस्तै होइन र ? बालविकास शिक्षकलाई ठग्ने स्थानीय तहलाई कुनै सम्झाइबुझाइसहितको केन्द्र सरकारले कारबाही गर्न सक्नुभएन ? बालविकास कस्तो गराउने भन्ने कुरा त स्थानीय  सरकारको हातको कुरा पनि हो ।

    बालविकास कक्षामा खेल्दै गरेको बच्चा भोलि भोटर बन्दा एक भोट्को पनि हजुरहरूलाई खाँचो हुसक्छ । फर्केर हेर्ने गर्नुहोस् महोदय । बालविकास हुँदै एसईई  दिएको विद्यार्थीको नतिजा पक्कै पनि फरक छ । यसको मूल्यांकन गर्नुभएको छ ? परिश्रम  गराउने तर हामीलाई पारिश्रमिकमा ठग्ने नेताहरूलाई भोट हाल्ने र विजय गराउने हाम्रो पनि ठूलो भुल भएकै छ । सोच्नुपर्ने बेला आयो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology