Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

विकास समय हो

विकास समय हो

  • 1.1K
    SHARES
  • विकास समय हो

    किन देश विकास भएन ? किन हामी पछाडि पर्‍याैं ? भन्ने मुख्य कारण तपाईं हामीभित्र छ । तपाईंहरूको सद्भावले यो देशको प्रमुख कार्यकारी भूमिका निर्वाह गर्ने अवसर पनि पाइसकें । देशको एकमात्र अर्बपति यहिँ हुनुहुन्छ । एकाउन्टका क्षेत्रमा कार्य गर्नुहुने र अडिटर जनलर नै यहाँ हुनुहुन्छ । म उहाँलाई राम्रोसँग चिन्छु ।

    images

    हामी सबैलाई थाहा छ । हामी सबैको जीवन दोहोरो छ । हामी उपदेश दिन्छौं । राजनीतिज्ञले ठूलाठूला गफ हाँक्छ । भ्रष्टाचार गर्छ, लुकाउँछ र तपाईंहरूलाई रफ्फू भर्न लगाउँछ । व्यापारीले दोहोरो एकाउन्ट राख्छ । कर छल्छ र त्यो ढाकछोप गर्न तपाईंहरूलाई नै लगाउँछ ।

    कर्मचारी घुस खान्छ, कमिसन खान्छ हिसावकिताव मिलाउँछ । तपाईंहरू अडिटिङ गर्ने मान्छेहरूलाई पनि अलिअलि खुवाउँछ । ऊ पनि ठूलो कर्मचारी भएर पुरस्कार पाउँछ । हाम्रो देशमा यस्तैयस्तै ।

    सबैले सबैलाई ठग्ने । हुँदाहुँदा आफैंलाई ठग्ने । हामी त्यहाँ पुग्यौं । यसको रियललाइज गर्नुपर्छ ।  म पनि तपाईंहरूको सद्भावले ३ पटक अत्यधिक मतले चुनाव जितेर निवृत्त भएको छु । मलाई आफ्नो स्वार्थकाे निम्ति केही गर्नु छैन । जीवनमा आफ्नो स्वार्थका लागि केही गरिनँ । जे गरें देशका लागि गरें । 

    मैले जीवनमा आर्जन गरेको भनेको तपाईंहरूको माया मात्रै हो । दोहोरो कर्म हामी गर्ने, आफूतिर नहेर्ने, उपदेश दिने, ठूलाठूला कुरा गर्ने, अन्त्यमा देश छोडेर जाने । अन्त्यै केही गरेर बस्ने । अनि यो देशमा यहाँका गरिब, निमुखा कतै केही गर्न नसक्ने मात्रै बस्ने ।

    यस्तै हो भने यो देश कहिल्यै पनि बन्दैन । तर मलाई विश्वास छ । बन्छ । बनाउनुपर्छ । यो कुरा बुझ्ने अहिलेसम्म भएका मैले देखेको १ नम्बरको विद्वान डा.स्वर्णिम वाग्ले यहाँ हुनुहुन्छ । तर उहाँजस्तो मान्छेलाई, आफू सबभन्दा ठूलो लोकतान्त्रिक भन्ने पार्टीले चुनाव लड्ने टिकट पनि दिएन । अनि देश बन्छ ? उहाँको कुरा सुन्नुहोला ।

    सबैले आत्मनिरीक्षण गरौं । म पनि गर्दैछु । विकास भनेको समय हो । टाइम हो । त्यसैले त्यसको व्यवस्थापन नभएसम्म विकास र समृद्धि पनि हुँदैन । विकास नभएसम्म, उत्पादन नबढाएसम्म त्यो दीर्घकालीन पनि हुँदैन । त्यसैले विकास र दीगोपन अन्तरसम्बन्धित छन् ।

    त्यसैले यसको गुदी कुरो तपाईंहरू सबैलाई आत्मनिरीक्षण गर्न, हामी सबैले म, म भन्न, हामीले जे जति गलत कामहरू गरेका छौं त्यसलाई छिटो परित्याग गर्न, देश, समाज र मानव जातिको हितमा लाग्न अघि बढौं । यसको निम्ति तपाईंहरू सबैलाई हार्दिक शुभकामना ।

    brbd.JPG
     

    [द एशाेसियशन अफ द चार्टर्ड एकाउन्टेन्टस अफ नेपालले २८ असोजमा आयोजना गरेको दिगो आर्थिक विकास कार्यक्रममा डा.बाबुराम भट्टराईले राखेको विचार] 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology