Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

काठमाडौंको छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौंको छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

  • 286
    SHARES
  • काठमाडौंको छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

    काठमाडौं । काठमाडौंको विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं महानगरपालिका-१३ बाफलस्थित वीरगन्ज खाजा घरभित्र जुवातास खेलिहेको अवस्थामा ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २९ हजार ६ सय ७० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

    यसैगरी काठमाडौं महानगरपालिका-२६ गोगंबुस्थित वीरेन्द्र ऐश्वर्य मार्ग नजिक रहेको होटल ब्ल्याक स्टोनमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बलम्बुबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त होटलको कोठा नम्बर ५०१ मा जुवातास खेलिरहेका उनीहरूलाई नगद ४ लाख २५ हजार रूपैयाँ र २१ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij