वेबटिभी खबर
पर्सा । वीरगन्ज महानगरपालिका-२४ बहुअरी चोकमा ना ३ ख ५७४३ नम्बरको लहरीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरिया नगरपालिका-१ कन्कटुवा बस्ने ५० वर्षीय भिगा राम रहेका छन् । उनको शुक्रबार बिहान मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
लहरी चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij