Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

छानिए १ हजार बढी म्यादी प्रहरी  

छानिए १ हजार बढी म्यादी प्रहरी  

  • 325
    SHARES
  • छानिए १ हजार बढी म्यादी प्रहरी  

    पाँचथर । मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि पाँचथरमा १ हजार १२ जना म्यादी प्रहरी छानिएका छन् ।

    म्यादीका लागि आवेदन दिएका १५ सय ७५ जना प्रतिस्पर्धीबाट जिल्ला प्रहरी कार्यालय पाँचथरले १ हजार १२ जना छनौट गरेको हो ।

    छानिएका म्यादी प्रहरीलाई सम्झौता अनुसारको पारिश्रमिक उपलब्ध गराउन सम्पर्कमा बोलाएर बैंक खाता खोल्न लगाएको पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

    उनका अनुसार म्यादी प्रहरीलाई असोज ३० गतेदेखि काममा लगाइनेछ ।

    उनीहरूलाई जिल्लाका ८ वटा स्थानीय तहका १ सय २ मतदानस्थल र १ सय ७७ मतदान केन्द्रमा खटाउने तयारी छ । फाइल तस्बिर 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij