Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

ट्याक्टरको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु

  • 385
    SHARES
  • ट्याक्टरको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु

    काठमाडौं । ट्याक्टरको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । बर्दियाको गेरूवा गाँउपालिका-४ खल्लागाँउका नविन ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक निराजन सुनारले जानकारी दिए ।

    कर्णाली नदीमा बगेर आएका दाउरा ट्याक्टरमा लोड गरी फर्कंदै गरेको भे २ त २०९ नम्बरको ट्याक्टरको पछाडीको भागले भे १० प ४४५८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा नविन ठकुरी घाइते भएका थिए ।

    गम्भीर घाइते भएका ठकुरीको उपचारको लागि जिल्ला अस्पताल गुलरिया लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ट्याक्टर र चालक सुरेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij