Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

संशोधनसहित कांग्रेसको घोषणापत्र पारित

संशोधनसहित कांग्रेसको घोषणापत्र पारित

  • 357
    SHARES
  • संशोधनसहित कांग्रेसको घोषणापत्र पारित

    काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको छ ।

    पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको हो ।

    बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको घोषणापत्र लेखन समितिका प्रवक्तासमेत रहेका सह-महामन्त्री जीवन परियारले बताए । आजको बैठकमा घोषणापत्र लेखन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौदा पेस गरेका थिए ।

    शर्माको संयोजकत्वमा ४१ सदस्यीय समिति बनेको थियो । अर्थविद् स्वर्णीम वाग्लेको संयोजकत्वमा डा.गोवीन्दराज पोखरेल, गेजा शर्मा वाग्ले, डा.कृष्ण पौडेल, प्रताप पौडेललगायत ६ सदस्सीय प्रारम्भिक मस्यौदा उपसमिति गठन गरिएको थियो ।

    CWC CEC Meeting, 2079.06.28 (1).jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij