Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

जुम्लाका बाढी पीडितलाई हेलिकोप्टरमार्फत राहत सामग्री वितरण

जुम्लाका बाढी पीडितलाई हेलिकोप्टरमार्फत राहत सामग्री वितरण

  • 331
    SHARES
  • जुम्लाका बाढी पीडितलाई हेलिकोप्टरमार्फत राहत सामग्री वितरण

    जुम्ला । बाढी पहिरोले कर्णाली राजमार्ग अवरूद्ध गरेपछि बाढी पीडितलाई राहत दिन सकस भएको छ । बाढी पहिरोबाट प्रभावित घर परिवारलाई कर्णाली प्रदेश सरकारले  हेलिकोप्टरबाट राहत सामग्री  वितरण गरको  छ ।

    जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा कर्णाली प्रदेश सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरमार्फत अत्यावश्यक सामग्री वितरण गरेको हो ।

    सेनाको अगष्टा हेलिकोप्टरमा सो क्षेत्रमा केही राहत पुयाईएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाको हेलिकोप्टरले हिमा, सिंजा र कनकासुन्दरीमा राहात पुर्याएको छ ।

    यस्तै नेपाली सेनाको २४ नम्बर बाहिनीका अनुसार असाेज २६ गते कनकासुन्दरी गाउँपालिका सुन्दरीमा चाईनिजपाल ४ वटा, कम्वल ४० वटा र डिटोल सावुन एक कार्टुन वितरण गरिएको छ ।

    सिंजा गाउँपालिकामा त्रिपाल २५ वटा, कम्बल २५ वटा, प्लाष्टिक पाल २५ वटा पुरयाईएको छ । हिमा गाउँपालिकामा कम्बल २५, त्रिपाल २५ र  डिटोल सावुन १ कार्टुन एक प्याकेट रहेको छ ।

    यस्तै २७ असोजमा हिमा गाउँपालिकामा ६० वटा त्रिपाल, कम्वल १०० वटा टेण्टपाल १०० वटा, डिटोल सावुन एक कार्टुन पुर्याइएको छ ।

    जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले शुक्रबार पनि हिमा र सिंजामा हेलिकोप्टरले राहात पुर्याएको बताए । उनले भने, ‘कर्णाली प्रदेश सरकारको सहयोगमा खाद्यन्न ल्याइएको छ ।

    त्यस्तै हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले निरन्तरको प्रयासले प्रदेश सरकारको सहयोगमा तत्काल हिमाका ७ वटा वडाहरूमध्ये ४,५,६ र ७ को लागि असाेज २५ गते कालिकाखेत्तुमा र असोज २८ गते शुक्रबार १,२ र ३ वडाहरुको लागि देवारगाउँ टापुमा हेलिकोप्टरमार्फत राहतका सामग्री उपलब्ध भएको बताए  ।

    गत असोज १९ देखि २५ गतेसम्म परेको अविरल वर्षाले हिमा गाउँपालिकामा ३८६ घर पुर्ण क्षेति भएको गाउँपालिकाले जानकारी दिएको छ । यसैगरी सिंजा गाउँपालिकामा ५१ घर क्षेति भएको गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिए  ।

    यसैगरी कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले पहिरोले ८ जनाको निधन भएको र घरको क्षेति कति भयो भन्ने तथ्यांक संकलन भइरहेको बताए  ।

    310273515_833928544312521_7541740515335574526_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij