Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

मतदान केन्द्र अपाङ्गतामैत्री बनाउन आग्रह

मतदान केन्द्र अपाङ्गतामैत्री बनाउन आग्रह

  • 411
    SHARES
  • मतदान केन्द्र अपाङ्गतामैत्री बनाउन आग्रह

    तनहुँ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान केन्द्र अपाङ्तामैत्री बनाउन आग्रह गरिएको छ ।

    सहृदयी मञ्च तनहुँ नेपालको आयोजना तथा तनहुँमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका क्रियाशील संस्थाका पदाधिकारीले शुक्रबार जिल्ला निर्वाचन अधिकृतलाई भेट गरी आफ्ना चासो व्यक्त गरेका हुन् ।

    प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ लाई कसरी अपाङ्गतामैत्री बनाउन सकिन्छ भन्ने विषयमा व्यापकरूपमा छलफल भएको सहृदयी मञ्च तनहुँ नेपालकी अध्यक्ष सावित्री सुवेदीले जानकारी दिइन् ।

    जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालसँग अपाङ्गतामैत्री निर्वाचन प्रणाली, मतदाता शिक्षा, अपाङ्गतामैत्री मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिलाई निर्वाचनमा मतदान केन्द्रसम्म पुग्नका लागि सवारी पासको व्यवस्था हुनुपर्ने जानकारी गराइएको उनले बताइन् ।

    व्यास नगरपालिका वडा नं-२, ३ र ४ का मतदान केन्द्र अपाङ्गतामैत्री भए/नभएको स्थलगत अवलोकनसमेत गरिएको अपाङ्गता अधिकारकर्मी मदन पौडेलले जानकारी दिए । सो अवसरमा जिल्ला निर्वाचन अधिकृत ढकालले निर्वाचन मतदान केन्द्र अपाङ्गतामैत्री बनाउन आवश्यक पहल भइरहेको उनको भनाइ थियो ।

    उक्त कार्यक्रममा सहृदयी मञ्च तनहुँ नेपालका सचिव कृष्ण थापा, रिसेड तनहुँका उपाध्यक्ष ईश्वर बाँस्तोला, सदस्य किशोर न्यौपाने र यम राई अपाङ्गता महिला सशक्तीकरण समाज तनहुँको सदस्य जानुका खनाललगायतको सहभागिता थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij