Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

टेलिकमको द्वितीय त्रैमासिकको तुलनामा तृतीय त्रैमासिकको आय ७ प्रतिशतले वृद्धि

टेलिकमको द्वितीय त्रैमासिकको तुलनामा तृतीय त्रैमासिकको आय ७ प्रतिशतले वृद्धि

  • 221
    SHARES
  • टेलिकमको द्वितीय त्रैमासिकको तुलनामा तृतीय त्रैमासिकको आय ७ प्रतिशतले वृद्धि

    काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तृतीय त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । 
     
    चालु आर्थिक वर्षको प्रथम र द्वित्तीय त्रैमासिकमा कुल सेवा वापतको आय क्रमशः ८,६३,५३,४०,०४१ रुपैयाँ र ९,०८,९५,७३,४६२ रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको तृतीय त्रैमासिक अवधिमा कुलसेवा वापतको आय द्वितीय त्रैमासिकको भन्दा ७ प्रतिशतले वृद्धि भई ९,७२,६४,३९,४५९ रहेको छ । 

    चालु आर्थिक वर्षको प्रथम र द्वितीय त्रैमासिकमा खुद मुनाफा क्रमशः १,५१,७७,६९,३८१ रुपैयाँ र १,७७,१६,२५,०७९ रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको तृतीय त्रैमासिक अवधिमा खुद मुनाफा द्वितीय त्रैमासिकको भन्दा ८२,३४,५२,३७० रुपैयाँले वृद्धि भई २,५९,५०,७७,४४९ रुपैयाँ रहेको टेलिकमले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology