Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अर्घाखाँचीमा त्रिपक्षीय प्रतिस्पर्धा

अर्घाखाँचीमा त्रिपक्षीय प्रतिस्पर्धा

  • 498
    SHARES
  • अर्घाखाँचीमा त्रिपक्षीय प्रतिस्पर्धा

    अर्घाखाँची । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै अर्घाखाँचीमा राजनीतिक दलहरूले चुनावी गतिविधि तीव्र पारेका छन् ।

    एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीदेखि कांग्रेस नेतृ पुष्पा भूसालसहितका नेताहरूले प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरिरहेका बेला राष्टिय स्वतन्त्र पार्टीबाट पत्रकार हरिप्रसाद भूसालको उम्मेदवारी दिएपछि अर्घाखाँचीमा तरंग सृजना गरेको छ ।

    १५ वर्षदेखि अर्घाखाँचीमा एकछत्र राज गर्दै आएका रायमाझीदेखि जिल्लाको प्रतिनिधित्व गर्दै संसदमा पुगेकी पुष्पा भूसालको अगाडि जिल्लामै रहेर सामाजिक गतिविधिमा सक्रिय भूसालको उम्मेदवारीले चुनावी रौनक बढेको छ ।

    पत्रकार भूसाल सामाजिक गतिविधिमा देखाएको सक्रियताले आफूले निर्वाचन जित्ने दाबी गर्छन ।

    यता, एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भूसाल भने अर्घाखाँचीको प्रतिनिधित्व गर्दै विभिन्न मन्त्रालयसहित उपप्रधानमन्त्रीसमेत बनिसकेका टोपबहादुर रायमाझीको प्रतिस्पर्धा सत्तागठबन्धनकी उम्मेदवार पुष्पा भूसालसँग मात्र रहेको बताउँछन् ।

    स्थानीय तहको निर्वाचनको मतका आधारमा पनि अर्घाखाँचीमा आफूहरूको सहज जीत हुने कांग्रेस नेताहरूको अपेक्षा छ । कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले कांग्रेससँग बहुमत रहेकाे दाबी गरे ।

    घण्टी चुनाव चिह्न लिएर मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार हरिप्रसाद भूसालले आफ्नो प्रतिस्पर्धा कुनै व्यक्ति वा पार्टीसँगभन्दा पनि प्रवृतिसँग रहेको जिकिर गरे । यो पटक अर्घाखाँचीले नयाँ सन्देश दिने उनको विश्वास छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij