Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

विपक्षीलाई प्रधानमन्त्री बनाउन एमालेबाट राजीनामा दिन्नँ: पवित्रा निरौला खरेल

विपक्षीलाई प्रधानमन्त्री बनाउन एमालेबाट राजीनामा दिन्नँ: पवित्रा निरौला खरेल

  • 902
    SHARES
  • विपक्षीलाई प्रधानमन्त्री बनाउन एमालेबाट राजीनामा दिन्नँ: पवित्रा निरौला खरेल

    काठमाडौं । झापा क्षेत्र नं-२ बाट निर्वाचित नेकपा एमाले सांसद् पवित्रा निरौला खरेलले सांसद पदबाट राजीनामा नदिने स्पष्ट पारेकी छिन् । वरिष्ठ नेता माधव नेपालपक्षमा रहेकी सांसद खरेलले आफूहरुले राजीनामा दिए कांग्रेस सभापति देउवालाई सरकार बनाउन आवश्यक बहुमत सांसद जुटाउन सजिलो हुने भएकाले राजीनामा नदिने उनले बताइन् । 
     
    एमालेकै सरकार कायम रहेको अवस्थामा विपक्षी दलका देउवालाई प्रधानमन्त्री बनाउन सांसद पदबाट राजीनामा दिन नसकिने खरेलको भनाइ छ । ‘राजीनामा गर्नु पार्टी विभाजन गर्नु हो, म विभाजनको पक्षमा छैन, देउवालाई प्रधानमन्त्री बनाउन राजीनामा दिन्नँ,’ उनले भनिन् ।

    images

    वरिष्ठ नेता नेपाल भने एमाले २ जेठ ०७५ को बिन्दुबाट अगाडि नबढे आफूपक्षका सांसदहरुले सामुहिक राजीनामा दिने बताउादै आएका छन् । तर सांसद् खरेलले कुनै पनि हालतमा सांसद् पदबाट राजीनामा नदिने बताइन् । 

    ‘म एमालेको पार्टी नेता हो, हामीले यो पार्टी निमार्णको लागि योगदान गरेका छौं, हामीलाई जनताले जिताएर यहाँसम्म पुर्याएका हुन्, राजीनामा दिने भन्ने त सवाल नै हुँदैन नि,’ उनले भनिन् । 

    राजीनामा दिनु भनेको पार्टीलाई औपचारिक विभाजन गर्नु भएको पनि खरेलले बताइन् । ‘स्वास्थ्य समस्याका कारण मेरो खासै छलफल भएको छैन, पार्टी एक हुनुपर्छ भन्ने मेरो धारणा हो, अरु पार्टीको मान्छेलाई प्रधानमन्त्री बनाउन कुनै हालतमा पनि राजीनामा दिन्न,’ खरेलले स्पष्ट पारिन् ।

    सुनसरी-१ बाट निर्वाचित माधवपक्षीय सांसद जयकुमार राईले पनि राजीनामा अस्वीकार गरेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology